खानेपानीका मूल जोगाउन ताल संरक्षण गर्दै गाउँपालिका « Khabarhub

खानेपानीका मूल जोगाउन ताल संरक्षण गर्दै गाउँपालिका


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गलकोट– पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा मूल सुक्दै जान थालेका छन् । बर, पिपल चौतारी र पोखरी क्रमशः मासिँदै जाँदा मूलसमेतमा प्रत्यक्ष असर पर्न थालेपछि बागलुङको काठेखोला गाउँपालिकाले वस्तीमाथिको ताल संरक्षण गर्न थालेको छ ।  

उक्त गाउँपालिका–४ स्थित तङ्ग्रामको शिरमा रहेको खोरताल संरक्षण गर्न थालिएको हो । पछिल्लो समय उक्त ताल सुक्दै गएपछि ताल मुनिका मुहानसमेतमा असर पर्न थालेकाले संरक्षण  गर्न थालिएको गाउँपालिकाले जनाएको छ । ताल संरक्षणसँगै तालमुनिका मूल सिञ्चित हुने र तालको रमणीय दृश्यका लागि आन्तरिक पर्यटकसमेत भित्र्याउने लक्ष्यका साथ अहिले ताल संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रवक्ता टीकासङ्घम विकले जानकारी दिए। 

पौराणिक ताल पछिल्लो समय सुक्दै गएको छ, ताल पुरिन थालेपछि संघीय सरकार, गण्डकी प्रदेश सरकार स्थानीयवासीको श्रमदानबाट अहिले ताल संरक्षणको काम भइरहेको उनको भनाइ थियो  । ताल झण्डै १५ रोपनी जग्गामा फैलाएकामा  पछिल्लो समय साँगुरिँदै गएको छ ।

‘ताल संरक्षण गर्दा तालमुनिका एक हजार ५०० घरधुरीले उपभोग गर्ने विभिन्न मूल जोगिने छन्, पर्यटकीय दृष्टिकोणले अत्यन्तै मनोरम क्षेत्रका रूपमा रहेको बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले डिपिआर अगाडि बढाएको छ’ प्रवक्ता विकले भने ‘पछिल्लो समय मूल सुक्दा वस्तीमा खानेपानीको अभाव देखिएका कारण मूल जोगाउन ताल तथा पोखरी संरक्षणमा गाउँपालिकाको ध्यान गएको हो ।’ पर्यावरण जोगाउनका लागि ताल तथा पोखरी संरक्षण आवश्यक ठानिएको गाउँपालिकाको भनाइ थियो । 

गाउँपालिकाका प्रत्येक वडाको वस्ती माथिका ताल तथा पोखरी संरक्षण गर्ने अभियान थालिएको छ । संघीय सरकारबाट गाउँपालिकामा आएको २० लाख अनुदान, गण्डकी प्रदेश सरकारको १० लाख र स्थानीयवासीको तीन लाखबराबरको श्रमदान गरी ३३ लाखको लागतमा ताल संरक्षणको काम भइरहेको छ । अहिले तालको पूर्वपट्टी आरसीसी पर्खाल लगाउने कार्य भइरहेको र तालको चारैतिरबाट पक्की पर्खाल लगाएपछि पुरिएको माटो निकाल्ने स्थानीय उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर थापाले जानकारी दिए । 

खोरतालमा पछिल्लो समय पानी घट्दै गएपछि त्यहाँको सौन्दर्यसमेत हराउँदै गएको छ । गाउँपालिकाको पहलमा ताल संरक्षण अभियान थाल्दा खुसी लागेको स्थानीयवासी कुलप्रसाद थापाले बताए । ‘पहिला ताल ठूलो थियो, ताल भरी पानी थियो, अहिले खडेरी धेरै पर्न गयो, ताल रसाएर सुक्न थाल्यो, जस्को असर ताल मुनीका मूलसमेतमा पर्न गयो’ उनले भने ‘ताल संरक्षण गरेर तालभरी पानी हुँदा तालमुनिका मूल जोगिने छन्, सिँचाइको सुविधा हुनेछ र ताल हेर्न पर्यटकसमेत आउनेछन् ।’

गाउँपालिकाले बसन्ताप, खोर ताल, झुलेनी र थामडाँडालाई जोडेर पर्यटकीय स्थलका रूपमा विकास गर्न त्यहाँ पुग्ने पदमार्ग पनि निर्माण गरेको  छ । अहिले गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदनको कामसमेत भइरहेको जनाएको छ । 

जलवायु परिवर्तनको असरका कारण कुवा, मूल, ताल तथा पोखरी सुक्दै जाँदा गाउँमा खानेपानीको अभाव भएकाले  गाउँपालिकाले आगमी दिन अन्य वडामा रहेका ताल तथा पोखरी पनि  संरक्षण गर्ने नीति लिएको छ । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ३३ बजे

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ