प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी « Khabarhub

प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिक-सरकारी-सर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । 

यही चैत २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रिल १७ देखि २३ सम्म न्यूयोर्कमा आयोजना हुने ‘आदिवासी मुद्दामा संयुक्त राष्ट्र संघीय स्थायी मञ्च (युएन–पिएफआइआइ) कार्यक्रममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृतवको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति र पदस्थापन गर्ने, नेपाली सेना, सैनिक साधारण सेवाका एक सहायक रथीको उपरथी दर्जामा र नौ जना प्रमुख सेनानीहरुको महासेनानी दर्जामा बढुवा गरेको छ । 

सरकारले लोक सेवा आयोगको सिफारिसबमोजिम छ जनालाई निजामती सेवाका विभिन्न सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्त गर्ने, मन्त्रिपरिषद् प्रशासन समितिबाट पेश भएको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । 

कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएका तेह्रथुमका पदमकुमार लिम्बूलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ५ : ३९ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति