सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्छ : मुख्यमन्त्री गिरी | Khabarhub Khabarhub

सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्छ : मुख्यमन्त्री गिरी


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका लागि सञ्चालित कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने बताएका छन् ।

युएसएड नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रमको आज बुटवलमा आयोजित शुभारम्भ कार्यक्रममा उनले जुन समुदायका लागि लक्षित गरी कार्यक्रम सञ्चालन निर्माण गरिएको हो त्यो कार्यक्रम पारदर्शिता र जवाफदेहितामा कतै नचुकोस् भनेर आग्रह गरे । 

उनले भने , ‘सञ्चार माध्यममार्फत आवाजविहीनको आवाज  सदनसम्म पुर्‍याउन र सरकारी नीति तथा कार्यक्रममा उनीहरूको आवश्यकता समेटेर समग्रमा उनीहरूको जीवनस्तर फेर्न कार्यक्रम सहयोगी बनोस् ।’ युएसएड नेपालका प्रमुख सेपिदे केभिएन्शादले सरकार, नागरिक समाज, मिडिया र सीमान्तकृत समुदाय, युवा तथा महिलाको भूमिका स्थानीय मुद्दाको समाधानमा अत्यन्तै महत्वपूर्ण हुने बताए। उनले बृहत्तर एवं विविधतापूर्ण नागरिक सहभागिताका आधारमा स्थानीय मुद्दा सम्बोधन गर्नु स्वतन्त्र र खुला समाजको चिनारी भएको जनाउँदै नेपालको लोकतन्त्रलाई बलियो बनाउने दिशामा नेपालसँगको साझेदारीलाई कार्यक्रममार्फत निरन्तरता दिने प्रयास गरिएको बताए ।

कार्यक्रममा द एसिया फाउन्डेसनका नेपाल प्रतिनिधि मेगन नाल्बोले समुदायमाझ सक्रिय आत्मनिर्भर एवं उत्थानशील स्थानीय सङ्घसंस्था र स्थानीय सरकारसँग कार्यक्रममार्फत सहकार्य गर्दै स्थानीय समस्या समाधानका प्रयास गरिने बताए । उनले आगामी वर्षमा आर्थिक सहायता, नेतृत्व विकास र लुम्बिनी प्रदेशका बासिन्दाले भोगिरहेका समस्याको उपयुक्त समाधान पहिल्याउन कार्यक्रममार्फत साझेदारी गर्ने र स्थानीय समुदायको पहुँच बढ्ने विश्वास व्यक्त गरे ।

युएसएडको सहयोगमा सन् २०१६ देखि सन् २०२२ सम्म सञ्चालित ‘नागरिक समाज : पारस्परिक जवाफदेहिता कार्यक्रम (सीएसम्याप)’को सिकाइ एवं नागरिक समाज र मिडिया साझेदारसँगको छलफलका आधारमा सीएसएम कार्यक्रम ९सन् २०२२–२०२७०को प्रारूप तयार गरिएको युएसएड नागरिक समाज र सञ्चार कार्यक्रम लुम्बिनी प्रदेश व्यवस्थापक लक्ष्मीकुमारी नेपाली श्रेष्ठले बताए।

द एसिया फाउन्डेसनमार्फत कार्यान्वयन हुने सीएसएम कार्यक्रम मुख्यतः लुम्बिनी र मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ । साढे १८ मिलियन अमेरिकी डलर सहयोगमा पाँच वर्षसम्म चल्ने कार्यक्रमले पारदर्शी, जवाफदेही तथा जिम्मेवार नागरिक समाज र मिडियाका माध्यमद्वारा समावेशी विकास गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई सहयोग पुर्‍याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 

सीएसएम कार्यक्रमले महिला, युवा र सीमान्तकृत समुदायको विकासका लागि तिनकै नेतृत्वमा सञ्चालित स्थानीय नागरिक समाज र मिडियाको सबलीकरणलाई सहयोग गर्नेछ । कार्यक्रमले स्थानीय समुदायको आवाजलाई मुखरित गर्ने र विकास प्रयासमा देखा परेका विभिन्न चुनौतीको सम्बोधनका निम्ति स्थानीय सङ्घसंस्थालाई आर्थिक सहयोगको अवसर उपलब्ध गराउने उद्देश्य लिएको छ ।

समुदायमा देखापरेका चुनौतीको सम्बोधनका लागि समुदायकै अग्रसरतामा समाधान पहिल्याउने स्थानीय क्षमताको अभिवृद्धि गर्नु सीएसएम कार्यक्रमको प्राथमिकता रहेको कार्यक्रम व्यवस्थापक श्रेष्ठले बताए।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ३२ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो