२०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्छ : शेखर कोइराला « Khabarhub

२०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्छ : शेखर कोइराला


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्ने बताएका छन् । बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानअनुरूप ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका बताएका हुन् । 

‘यि जनप्रतिनिधिहरूबाट देश र जनताको हितमा काम हुनेछ भन्ने अपेक्षा हुनु स्वाभाविकै हो । राष्ट्र निर्माणको यस्तो जिम्मेवारी वहन गर्ने क्रममा देशको विविधता अनुरूपको प्रतिनिधित्वमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रले गाउँ देखि शहर हुँदै केन्द्र सम्म जरा गाड्न पुगेको छ, अर्थात नेपालको लोकतन्त्रले नयाँ उचाइ प्राप्त गरेको छ’, उनले सन्देशमार्फत भनेका छन् । 

उनले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वास माथि प्रश्न उठिरहेको तीतो यथार्थ कसैबाट नलुकेको र अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिक मैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताएका छन् ।

उनले नेपालको नयाँ युग सुरु होस भन्ने कामनासहित देश भित्र र बाहिरका नेपालीहरूलाई नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नयाँ वर्षको यस उल्लासमय समयमा देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा संकल्प गर्ने अठोट कायम होस । यसरी गरिने साझा संकल्पबाट नेपालको शान्ति, स्थिरता र समृद्धिको यात्रा अगाडि बढोस । सबै नेपालीहरूको जीवनमा खुसियाली ल्याउन हामी सबैको इच्छाशक्ति र देश निर्माण एकमात्र ध्येय होस भन्ने कामना गर्दै फेरी एकपटक नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ५६ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको