सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना « Khabarhub

सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ ।

आज चैत महिनामा सङ्क्रमण देखिएको यो सबैभन्दा बढी हो । यसअघि बुधबार यस प्रदेशमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको क्रम बढेसँगै यहाँ सङ्क्रमण दरमा पनि वृद्धि भएको छ । नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि सङ्क्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ । सङ्क्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : ०९ बजे

चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै

चितवन– चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्

प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप