सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना « Khabarhub

सुदूरपश्चिममा एकैदिन ३६ जनामा कोरोना


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ ।

आज चैत महिनामा सङ्क्रमण देखिएको यो सबैभन्दा बढी हो । यसअघि बुधबार यस प्रदेशमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको क्रम बढेसँगै यहाँ सङ्क्रमण दरमा पनि वृद्धि भएको छ । नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि सङ्क्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ । सङ्क्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : ०९ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी