कर्नाटक विधानसभा निर्वाचन : कांग्रेसलाई पछ्याउँदै बिजेपी « Khabarhub

कर्नाटक विधानसभा निर्वाचन : कांग्रेसलाई पछ्याउँदै बिजेपी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको कर्नाटकमा सम्पन्न विधानसभा चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न विधानसभा निर्वाचनबाट कांग्रेस आई अगाडी देखिएको छ ।

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टीले पच्छाईरहेको छ । यो समाचार तयार पार्दासम्म भाजपा ७८ स्थानमा अगाडि छ । त्यहाँ २२४ सिटका लागि चुनाव भएको हो।

अधिकारीहरूले कर्नाटकमा बीजेपी हार्ने र कांग्रेसले बहुमत ल्याउने विश्लेषण गरिरहेका छन्। कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईले भने आफ्नो सरकार बहुमतका साथ सत्तामा फर्किनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् । दिउँसोसम्म स्पष्ट नतिजा आइसक्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार यो पटक प्रदेशमा ७३.१९ प्रतिशत मतदान भएको छ, जुन प्रदेशकै अहिलेसम्मकै उच्च रेकर्ड हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल