नेपालमै सहज उपलब्ध हुँदै ‘एचपीभी’ खोप « Khabarhub

नेपालमै सहज उपलब्ध हुँदै ‘एचपीभी’ खोप


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाठेघरको मुखको क्यान्सरबिरुद्धको ‘एचपीभी’ खोप ‘ नेपालमा सहजै उपलब्ध हुने भएको छ ।  एचपीभी खोप भित्र्याइरहेको नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ सन्देश सिग्देलले अब नेपालमा एचपीभी खोपको उपलव्धतामा समस्या नहुने बताएका हुन् । ‘हामीले आवश्यकता अनुसार खोप जति पनि उपलब्ध गराउँन सक्छौँ’ उनले भने ।

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ अरुण शाहीले शुक्रबार राजधानीमा आयोजित ‘सर्भाइकल क्यान्सर प्रिभेन्सन इन नेपाल : हाउ इम्पोर्टेन्ट इज एचपीभी भ्याक्सिनेसन?’ विषयक सीएमई विषयक सीएमई कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ अरुण शाहीले कार्यपत्र प्रस्तुत गर्ने क्रममा यसरी विषय उठान गरेका थिए । 

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस(एचपीभी)लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछएचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।

यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ वर्ष उमेरको बीचमा एचपीभीको सङ्क्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिनुपर्ने हुन्छ। 

शाहीका अनुसार विश्वका कतिपय मुलुकहरूले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रूपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँछ ।

उनले दीगोविकास लक्ष्य (एसडीजी) अनुसार सन् २०३० सम्ममा नसर्ने रोगहरूबाट हुने अकाल मृत्यु (प्रिम्याचर डेथ) लाई प्रवर्द्धनात्मक र उपचारात्मक सेवाको माध्यमबाट एक तिहाइमा झार्ने लक्ष्य लिइएको समेत जानकारी दिए । नन्द केम ड्रग डिस्ट्रीव्युटर्सले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी खोप सिकोलिन नेपालमा आयात गरिरहेको छ ।

सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो । ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दुई मात्रा र १५ वर्ष माथिकालाई तीन मात्रा दिन सकिन्छ । नेपालमा अहिले यसको मूल्य प्रति डोज ६ हजार २४० रुपैयाँ तोकिएको छ । सिग्देलले कम्पनीले आयात गरिरहेको एचपीभीको बारेमा बताए ।

यसैगरी कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए । उनले राज्य, निजी क्षेत्र, गैर सरकारी संस्था सबैपक्ष मिलेर भएपनि यो खोपलाई सबै किशोरीको पहुँचमा पुर्‍याउनु पर्ने बताए । उनले खोपको विषयमा आम अभिभावकलाई पनि जानकारी गराउनु पर्ने बताए ।

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : ५३ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका