पाकिस्तानमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ « Khabarhub

पाकिस्तानमा इमरान खानको पार्टीका थप ५४० जना नेता, कार्यकर्ता पक्राउ


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- हिंसा गरेको आरोपमा इमरान खानको पार्टीका थप ५ सय ४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

लाहोरको कोर कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई का सदस्य रहेको डनले बताएको छ । मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्य विरुद्ध प्रान्तभर २०५ वटा मुद्दा दायर गरेको छ ।

बिहीबार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केहीबेर झडप भएको थियो । प्रहरीले जेल रोडमा रहेको पीटीआईको कार्यालयमा संदिग्ध ठानिएका पार्टीका सदस्यलाई पक्राउ गर्नका लागि स्टेशनमा सूचना जारी गरिएको थियो ।

पार्टीका सदस्यले प्रहरीलाई ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको छ । अदालतबाट छोडिएपछि पीटीआई अध्यक्ष इमरान खानलाई स्वागत गर्न पार्टी समर्थक कार्यकर्ताहरू ठूलो सङ्ख्यामा भेला भएको खबर आएपछि शुक्रबार साँझ उनको जमान पार्क हवेली वरिपरि प्रहरीको उपस्थिति बढाइएको थियो ।

पञ्जाब प्रहरीका प्रमुख डा उस्मान अन्वरले शुक्रबार जारी  गरेको विज्ञप्तिमा महत्वपूर्ण पूर्वाधार, सार्वजनिक र निजी सम्पत्तिमा आक्रमणका लागि जिम्मेवार अपराधीलाई कारबाही गरिने, क्षमा नदिइने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ५ : ४३ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२