भ्रष्टाचार नियन्त्रणमा शिक्षकको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ « Khabarhub

भ्रष्टाचार नियन्त्रणमा शिक्षकको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।

शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ थियो । अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उनले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताए । शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उनको भनाइ थियो । देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उनले बताए । उनले भने, “सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।” सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उनको भनाइ थियो ।

पछिल्लो समय कांग्रेसका नेताहरूसमेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङको जो–कोही भए पनि नछाड्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका लागि छलफल भइरहेको बताए । केन्द्रमा देखिने समस्याले जिल्लामा समेत प्रभाव पारेको बताउँदै उनले यस्ता समस्या समाधानका लागि पदाधिकारी तहबाटै पहलकदमी हुन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, नेपाल शिक्षक सङ्घ सङ्घीय उपमहासचिव प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ध्रुवराज पोख्रेल, नेपाल शिक्षक महासङ्घ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाली कांग्रेसका नेता प्रकाश अधिकारी, भरतपुर महानगरपाकिलाका–१० का अध्यक्ष परमेश्वर खनाललगायतले शिक्षा क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोगबाट स्थायी अनुमति लिएका शिक्षक शिक्षिकाहरूलाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ४९ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण