प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन् : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन् : उपप्रधानमन्त्री श्रेष्ठ


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताएका छन् ।

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताए ।

उनले भने, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।”

कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापन गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ रुपमा लागि परेको उनले बताए।

स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ०६ बजे

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न