साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द « Khabarhub

साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साहित्य क्षेत्रलाई टेवा पुग्ने गरी योगदान बढाउनु आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’ले आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले साहित्य क्षेत्रको अवस्था सोचेजस्तो नरहेको बताएका हुन् ।

“साहित्य बचाउने र बढाउने दायित्व हामी सबैको हो । आम सञ्चारले पनि यसलाई प्रवद्र्धन हुने गरी स्थान दिनुपर्छ”, पूर्वप्रधानमन्त्री चन्दले भने, “बेलायतमा सरकारभन्दा पनि व्यवसायीले साहित्यलाई माथि उठाएका हुन् । तसर्थ म सङ्घसंस्था र व्यवसायीलाई पनि साहित्यमा योगदान दिन आग्रह गर्दछु ।”

कार्यक्रममा परोपकारी कार्यमा सहभागिता देखाएवापत मानव सेवा आश्रम र नई प्रकाशनलाई सम्मानसँगै नगद रु एक लाख प्रदान गरिएको थियो ।

आश्रमका अध्यक्ष रामजी अधिकारी र प्रकाशनका कोषाध्यक्ष डा कञ्चनजङ्गा प्रसाईँलाई सम्मान गर्दै पूर्वप्रधानमन्त्री चन्दले सामाजिक गतिविधिमा सक्रियता बढाउन आग्रह गरे । कार्यक्रममा उहाँले स्व गुरुङसँगको राजनीतिक यात्रा, सामिप्यता र सम्बन्धको विषयमा चर्चा गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ३२ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज