सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी | Khabarhub Khabarhub

सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो ।

निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि वीरगन्जले टाइबेकरमा एपिएफलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको २३औँ मिनेटमा वीरगन्जका नीरज थापाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा वीरेन्द्रप्रसाद यादवले रेडकार्ड पाएपछि एपिएफ १० खेलाडीमा सिमित बनेको थियो ।

आक्रामक शैलीमा उत्रिएको एपिएफका तर्फबाट खेलको ६३औँ मिनेटमा सन्तोष कटवालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । खेलको ८४औँ मिनेटमा प्रवीनकुमार स्याङदेनले थप एक गोल गर्दै एपिएफलाई २–१ गोलको अग्रता दिलाए । वीरगन्जका विवेक चौधरीले खेलको ८६औँ मिनेटमा गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो । टाइबेकरमा वीरगन्जका तर्फबाट श्याम चौधरी, सिसस थापा, उमेश कार्की र नीरज थापाले गोल गरेका थिए । यस्तै एपिएफका तर्फबाट एकमात्र गोल प्रवीनकुमार स्याङ्देनले गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच समिफाइनल खेल हुनेछ । पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत, सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०७ बजे

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह

काठमाडौं– सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका

बराहतालमा माछाका भुरा छोडियो

सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–४ मा रहेको बराहतालमा माछाका भुरा छाडिएको

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री थापालाई 

कैलाली – सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह

‘माया प्रीति’मा दिव्या र आर्शिवादको जोडी

काठमाडौं – फिल्म ‘नाइँ नभन्नु ल ६’बाट ठूलो पर्दामा डेब्यू