बेलायतमा ७५५ वर्षमा पहिलो पटक महिला प्रधानन्यायाधीश नियुक्त हुँदै | Khabarhub Khabarhub

बेलायतमा ७५५ वर्षमा पहिलो पटक महिला प्रधानन्यायाधीश नियुक्त हुँदै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो ।

यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।

दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन्। आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ ।

प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्। अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् ।

उनका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन्। बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ६ : २५ बजे

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन-जी’ को भावना र

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी