बसपार्क सञ्चालन गर्न कार्यविधि पारित « Khabarhub

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । 

कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको छ । समितिमा एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । समितिका सदस्यमा नगरप्रमुख, यातायात व्यवसायी मध्येबाट एक, उद्योग वाणिज्य सङ्घको तर्फबाट एक र उपभोक्ताबाट एक जना रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरी सुझाव सङ्कलन गर्नेलगायत विभिन्न निर्णय गरेको नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए । 

साथै बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८० तथा व्यापार–व्यवसायसम्बन्धी कार्यविधि, २०७७ लाई संशोधनसमेत गरेको बताइएको छ ।

बैठकले नगरभित्र निर्माण हुने घरको नक्सापास कार्यविधि ल्याइने निर्णय गरेको हो । थाहा नगरपालिकाभित्र निर्माण भइसकेको र निर्माणाधीन घरको नक्सापास गर्नुपर्ने मापदण्डअनुसार निर्माण भएका भवनको निर्माण पत्र दिने र मापदण्डविपरीत निर्माण भएका घरको अभिलेखीकरण गर्ने तथा नयाँ निर्माण हुने घरलाई भवन निर्माणसम्बन्धी कार्यविधि बनाई नक्सापास भएपछि मात्र घर निर्माण गर्न आग्रहसमेत गर्ने बताइएको छ ।

त्यसैगरी घर निर्माणका लागि ‘डिपिसी’ गरेर राखेका घरको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्नेसमेत निर्णय गरिएको प्रवक्ता गोपालीले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : २४ बजे

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र