नक्कली शरणार्थी प्रकरणमा आज खाँणतर्फको थुनछेक बहस « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा आज खाँणतर्फको थुनछेक बहस


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि थुनछेक बहस जारी रहेको छ । 

आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट थुनछेक बहस हुँदैछ । खाणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् । 

खाणको पक्षमा बहसका लागि नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

हिजो गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । अब खाँणसहित ६ जनाको बहस बाँकी छ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले अभियुक्तहरूका तर्फबाट थुनछेक बहसका लागि दिएको समय आज सकिँदैछ । 

प्रतिवादी पक्षको बहस सकिएपछि सरकारी पक्षको जबाफी बहस हुनेछ । त्यसपछि थुनछेकको आदेश आउने छ । तर प्रतिवादीतर्फ अझै ६ जनाको बहस बाँकी रहेकाले केही समय थप हुने सम्भावना रहेको छ । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : ४० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको