कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : गगन थापा « Khabarhub

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : गगन थापा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । 

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा-२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । 

साथै उनले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिए । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्दै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताए। उनले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति दामोदर खनाल, मकवानपुर क्षेत्र नं २ का सभापति लोक मुक्तान, चितवन क्षेत्र नं १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवाल, मकवानपुर प्रदेशसभा १ का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर प्रदेशसभा २ का सभापति रञ्जन कालाखेती, थाहा नगरसभापति प्रमोद जोशी, मनहरि–८ का सभापति भीमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १२ : १८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने