कानुनको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय सेवामा जोड | Khabarhub Khabarhub

कानुनको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय सेवामा जोड


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । 

दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए । 

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सूचना प्रविधिमा आएको परिवर्तनसँगै नियामक निकायको भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए । सेवाको सञ्चालन एवम् नियमनका लागि बनाइएका कानुन पनि आवश्यकता अनुसार संशोधन हुँदै जानुपर्नेमा उनको भनाइ छ । सेवा प्रदायकबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको बताउँदै उनले गुणस्तरीय सेवा बढाउनेतर्फ लक्षित हुनुपर्ने बताए । 

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन कानुन रहेको बताउँदै त्यसको पालना गरी सेवालाई गुणस्तरीय बनाउन सम्बद्ध सेवा प्रदायक लाग्नुपर्ने बताए । सेवा प्रदायकहरूले स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने बताउँदै उनले भौगोलिक अवस्था जस्तो भए पनि सञ्चारको महत्व उत्तिकै बराबरी रहेको उल्लेख गरे ।

नेपाल टेलिकम गण्डकी प्रदेशका उपनिर्देशक प्रक्षित थापाले भौगोलिक विकटताले कतिपय स्थानमा सेवा प्रवाहमा समस्या आएको बताए। कतिपय स्थानमा विजुली बत्ती उपलब्ध नहुँदा सोलारका माध्यमबाट मात्रै सेवा प्रभावकारी रुपमा दिन नसकिएको उनले बताए ।

पोखरा उच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष गिरधारी सुवेदीले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत कानुनको खाँचो औंल्याए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका कोषाध्यक्ष मीना रानाभाटले सेवाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै अव्यवस्थित रुपमा राखिएका तारलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पोखरा इन्टरनेटका विजेश पालिखे, प्रशंसा अर्याल लगायतले बोलेका थिए भने सहभागीका तर्फबाट सेवा प्रवाह, कानुनी व्यवस्था लगायतमा जिज्ञाशा व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ४ : ५५ बजे

तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

काठमाडौँ- तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने  

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग

‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी

काठमाडौं – असोज ३१ बाट प्रदर्शनमा आउन लागेको नायक अनमोल

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

एजेन्सी– ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरेर मनाइयो

काठमाडौं– आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन मंगलबार