नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब « Khabarhub

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ महाधिवेशन नहुने निश्चित भएको छ।

निर्धारित पन्ध्रौँ महाधिवेशनमा नहुने निश्चित जस्तै भएपछि विशेष महाधिवेशन पक्षधरले शुक्रबार सानेपा पुगेर स्मरणपत्र बुझाएका छन् ।

नियमित महाधिवेशन नहुने निश्चित भएपछि अब २४ सय भन्दा धेरै प्रतिनिधिले हस्ताक्षर गरेर मागेबमोजिम विशेष महाधिवेशनमा जानुपर्ने भन्दै स्मरण पत्र बुझाइएको ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका अगुवा गुरुराज घिमिरेसहितले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामार्फत् शुक्रबा स्मरणपत्र बुझाएका हुन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेजस्तै रकेटको गतिमा महाधिवेशनका कार्यक्रम अघि नबढेपछि अब विशेष महाधिवेशनको दबाब बढेको हो ।

प्रतिनिधिको स्मरण पत्र बुझ्नै महामन्त्री गगन थापाले अब विशेष महाधिवेशनको विकल्प नरहेको बताए। ‘विशिष्ठ कारण देखाएर विशेष महाधिवेशन अनिवार्य गरिनुपर्छ । हस्ताक्षरअनुसार पुस मसान्तसम्मको अवधि अर्थात् तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यकारीको थियो’, थापाले भने, ‘नियमित महाधिवेशन नहुने भएपछि अब विशेष महाधिवेशनमा जानुको अर्को विकल्प छैन ।’

विशेष महाधिवेशन पुस मसान्तसम्म गर्ने कुरा केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी भएको पनि थापाले बताए ।

‘तोकिएको तालिका अनुसार पन्ध्रौँ महाधिवेशन गरिसकेको भए यो मागको अर्थ हुँदैन थियो । अब विशेष महाधिवेशन अनिवार्य शर्त हो’, थापाले भने, ‘यो विषयबारे हामी कार्यवाहक सभापतिलाई थप जानकारी माग्छौँ ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्मा विधानमा जे भनिएको व्यवस्था छ, त्यसलाई पालना गर्नु केन्द्रीय कार्य समिति र कार्यवाहक समितिको पनि जिम्मेवारी बनेको बताए । उनले पनि थापाले जस्तै अब विशेष महाधिवेशनको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : २६ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष