परराष्ट्रमन्त्रीद्वारा ललितकला प्रदर्शनी अवलोकन | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीद्वारा ललितकला प्रदर्शनी अवलोकन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन्  ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर  नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रूप भएको बताए। 

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग  पुर्‍याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ५ : ३८ बजे

पाथीभरा केबलकारको विरोधमा रास्वपा, तत्काल निर्माण रोक्न माग

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विवादले संसद्‍मा

साइबर सुरक्षाको संस्था ‘एनपी–सर्ट’ मा नयाँ कार्यसमिति चयन

काठमाडौं– नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स

धर्म र संस्कृतिलाई राजनीतिमा ल्याए भयंकर विवादको स्वरूप लिन्छ : सचिव भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा

आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

काठमाडौं– आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न भागबाट १३ जना

संसद्मा माधव सापकोटाले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा