देउवा उपचारका लागि सिङ्गापुर जाँदै « Khabarhub

देउवा उपचारका लागि सिङ्गापुर जाँदै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएका छन् ।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि आज राति त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि जाँदै छन् ।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : २४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।