एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आज सुरु हुँदै « Khabarhub

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आज सुरु हुँदै


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुनेछन् ।

श्रीलंकाको कोलम्बोस्थित सिंहालिस स्पोर्ट्स क्लबमा हुने पहिलो खेलमा श्रीलंका ए र बंगलादेश ए ले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोलि सुखद सुरुवात गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

यस्तै, आजै हुने अर्को खेलमा अफगानिस्तान ए र ओमान ए भिड्ने छन् । यी दुई टोलीबीचको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे नै सुरु हुनेछ । दुवै टोलि आजको खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

समूह ‘बी’ मा रहेको नेपालले भोलि पाकिस्तान ए सँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले जुलाई १७ मा भारत ए सँग र जुलाई १९ मा यूएईविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ८ : ०३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी