नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै « Khabarhub

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

खेल बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा रहेको नेपाली टोली बंगलादेशलाई हराउन बिहीबार पूर्ण सामथ्र्यको साथ मैदानमा उत्रिनेछ ।

यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ गोलले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ ।

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ९ : २७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी