सेयर बजारमा म्युचुअल फन्डको लगानी २० प्रतिशतले बढ्यो « Khabarhub

सेयर बजारमा म्युचुअल फन्डको लगानी २० प्रतिशतले बढ्यो


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यसअवधिसम्म आइपुग्दा फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । जेठ महिना सेयर बजारमा वृद्धि भएका कारण फन्डहरुको नाफा पनि बढेको हो ।

म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले, बजारमा उतारवढाव आउँदा यिनीहरुको लगानी पनि तलमाथि हुने गर्छ ।

यसका साथै, प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि बढ्ने वा घट्ने भइरहन्छ । अघिल्लो महिना २० अर्ब ४६ करोड ९५ लाख रुपैयाँ रहेको फन्डहरुको लगानी अहिले बढेर २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत धेरै हो ।

यता, म्युचुअल फन्डहरुको बैंक मौज्दात भने ०.४७५ ले घटेको छ । यस अवधिमा फन्डहरुले कुल ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छन् । अघिल्लो महिना ८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बैंक मौज्दात थियो ।

जेठ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको देखिएको छ । यसको न्याभ ९४ पैसाले बढेर १२ रुपैयाँ ८० पैसा पुगेको छ । वैशाखमा न्याभ ११ रुपैयाँ ८६ पैसा थियो । यस अवधिसम्म आइपुग्दा सबै फन्डहरुको न्याभ वृद्धि भएको छ ।

बजार बढेको प्रभाव यिनीहरुको न्याभमा पनि देखिएको हो । सबैभन्दा कम न्याभ मेगा म्युचुअल फन्ड–१ को छ । यसको न्याभ जम्मा ८ रुपैयाँ ६३ पैसा रहेको छ । जम्मा ११ वटा फन्डलहरुको न्याभ १० रुपैयाँ भन्दा कम छ । बाँकी सबैको सो भन्दा धेरै देखिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै