माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला « Khabarhub

माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गरेको हो ।

यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ । यसले १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आईपीओ बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नम्बर १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिकाको वडा नम्बर ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन हुनेछ।

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यसमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै