मनाङका चौपायामा पनि लम्पी स्किन | Khabarhub Khabarhub

मनाङका चौपायामा पनि लम्पी स्किन


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए।

उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठुलासम्म पूरै गिर्खा देखिएको उनले बताए। ‘बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ’, कुसुमले भने ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताए । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उनले बताए । उक्त गोरु होचो कदको रहेको छ । ‘गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रबन्ध मिलाएका छौँ’, कुसुमले भने ।

मनाङमा पहिलो पटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिए । मंगलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ११ : ४४ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो