मलेसियाको म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्नू : राष्ट्र बैंक « Khabarhub

मलेसियाको म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्नू : राष्ट्र बैंक


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ । यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध खोल्दा तोकेका शर्त पूरा नगरेकाले उक्त कम्पनीसँगको रेमिट्यान्स कारोबारमा पुनः प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले सूचना जारी गर्दै जनाएको छ ।

म्याक्स मनीले विप्रेषण कारोबार बापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको राष्ट्र बैंकको भनाइ छ । कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि ५ माघ २०७६ को उक्त प्रतिबन्ध राष्ट्र बैंकले फुकुवा गरेकोमा प्रतिबन्धका सम्बन्धमा जारी भएका परिपत्र ५ माघ २०७६ मा खारेज भए पनि कम्पनीले प्रतिबन्ध फुकुवा गर्दा तोकिएका शर्त पालना नगरेको राष्ट्र बैंकले जनाएको छ ।

सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्स मनीसँग बाँकी वक्यौताको भुक्तानी लिने बाहेक कुनै पनि कारोबार नगर्न निर्देशन दिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : २३ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने