एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने « Khabarhub

एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस- एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने भएको छ । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।

सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन् ।

यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ । यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्ने बताइएको छ । शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षीसँग कुममा कुम मिलाएर  मार्च गर्नेछ ।

पेरिस र अन्य फ्रान्सेली शहरमा दङ्गा, आगजनी र अशान्तिको पृष्ठभूमिमा फ्रान्स पुगेका भारतीय सैनिकलाई फ्रान्सेली पक्षले उदार हृदयले स्वागत गरेको छ । पहिलो विश्वयुद्धको समयदेखिको यो सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने भारतीय सेनाले जनाएको छ ।

पेरिसमा भारतीय सेनाको प्रतिनिधित्व गर्ने पञ्जाब रेजिमेन्ट भारतीय सेनाको सबैभन्दा पुरानो रेजिमेन्टमध्येको एक हो । रेजिमेन्टले दुवै विश्वयुद्ध र स्वतन्त्रतापछिका विभिन्न मिसनमा भाग लिएको छ ।

इतिहास दोहोरिएको यो क्षणमा साहस र वलिदानको पर्याय बनेको भारतीय सैनिकले गर्वसाथ पेरिस परेडमा भागलिएर भारत–फ्रान्स मैत्री र साझा सैन्य इतिहासलाई पुनःजीवन्त बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : ४८ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको