काठमाडौँ– मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।














प्रतिक्रिया