एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने « Khabarhub

एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस- एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने भएको छ । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।

सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन् ।

यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ । यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्ने बताइएको छ । शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षीसँग कुममा कुम मिलाएर  मार्च गर्नेछ ।

पेरिस र अन्य फ्रान्सेली शहरमा दङ्गा, आगजनी र अशान्तिको पृष्ठभूमिमा फ्रान्स पुगेका भारतीय सैनिकलाई फ्रान्सेली पक्षले उदार हृदयले स्वागत गरेको छ । पहिलो विश्वयुद्धको समयदेखिको यो सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने भारतीय सेनाले जनाएको छ ।

पेरिसमा भारतीय सेनाको प्रतिनिधित्व गर्ने पञ्जाब रेजिमेन्ट भारतीय सेनाको सबैभन्दा पुरानो रेजिमेन्टमध्येको एक हो । रेजिमेन्टले दुवै विश्वयुद्ध र स्वतन्त्रतापछिका विभिन्न मिसनमा भाग लिएको छ ।

इतिहास दोहोरिएको यो क्षणमा साहस र वलिदानको पर्याय बनेको भारतीय सैनिकले गर्वसाथ पेरिस परेडमा भागलिएर भारत–फ्रान्स मैत्री र साझा सैन्य इतिहासलाई पुनःजीवन्त बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : ४८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी