सबै प्रकारका विभेदहरु अन्त्य गर्न एकजुट हुनुपर्छ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

सबै प्रकारका विभेदहरु अन्त्य गर्न एकजुट हुनुपर्छ : उपराष्ट्रपति यादव


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सबै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले बिहीबार काठमाडौं आयोजना गरेको आदिवासी जनजाती महिला अधिकार नीति स्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्टि उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरुलाई सहज गराउदै समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका हुन् ।

मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताले समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएकाले सम्मेलनमार्फत यसलाई थप स्थापीत गर्न उनले सुझाव दिए । उनले बिभेद अन्त्यका लागि नीति निर्माताबचि सहकार्य गर्न र संविधानमा रहेका अधिकार स्थापीत गर्न पनि जुट्नुपर्ने बताए ।

त्यस्तै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आदिवासी जनजातीको संस्कृति भाषा र रहनसहनलाई जिवित राख्नुपर्ने बताए। उनले आदिवासी जनजातीको अधिकारका लागि जोडदार आवाज उठाउनुपर्ने जिकिर गरे ।

कार्यक्रममा शहरी बिकासमन्त्री सीता गुरुङले राज्यको हरेक निकायमा महिलाको समान अधिकार स्थापीत गर्ने भनेपनि पूर्ण हुन नसकेको गुनासो गरे । उनले पार्टीको सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने र टिकट बितरणमा पनि महिलाहरुलाई समाज सहभागीता गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका निर्वाचित आदिवासी जनजाती महिला प्रतिनिधि २०७९ पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : ५९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका