लाजिम्पाटमा खुल्यो भियतनामी फो ९९ रेष्टुरेन्ट « Khabarhub

लाजिम्पाटमा खुल्यो भियतनामी फो ९९ रेष्टुरेन्ट


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेष्टुरेन्ट पारखी नेपालीहरुलाई स्वस्थ खाना खुवाउन फो ९९ सफल हुने उनको विश्वास छ ।

रेष्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू जस्तै सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन् । उनले प्रायः माछाको चटनी, झिंगेमाछाको पेस्ट वा सोयाबिन ससको साथमा ग्राहकसमक्ष सर्भ गरिने बताए। भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जन भएको उनलेको दाबी छ ।

सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौंको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ ।

रेष्टुरेन्ट सञ्चालक सारुले नेपाल घुम्ने भियतनामीहरुको संख्या बढ्दै गइरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताउँछन् । “जब हामीले २०११ मा सुरु ग¥यौं, हामी नेपालमा पहिलो पूर्ण भियतनामी रेस्टुरेन्ट थियौं,” उनी भन्छन्, “त्यसबेला धेरैलाई भियतनामी खानाको बारेमा धेरै थाहा थिएन भने नेपाल घुम्न आउने भियतनामीहरूको संख्या पनि न्यून थियो ।”

पछिल्ला दश वर्षमा, धेरै भियतनामीहरू नेपाल घुम्न थालेका छन् भने धेरै नेपालीहरूले पनि भियतनामी खानाबारे जान्न र प्रशंसा गर्न थालेको उनको भनाइ छ ।

फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ । भियतनामी आइस टी र हट कफीसँगै नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ८ : ०२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री