रासायनिक मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रारम्भिक प्रक्रिया « Khabarhub

रासायनिक मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रारम्भिक प्रक्रिया


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले आज एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका हुन् ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, बोर्डको गत चैत १७ गते सम्पन्न ५०औँ बैठकले सो कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३औँ बैठकले स्वीकृत गरेको थियो ।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक कम्पनीलेले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । प्रस्तावक कम्पनीले हाइब्रिड, ग्यास वा दुवैमध्ये कुन उपयुक्त प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । सो प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी झण्डै रु ९३ अर्ब ५३ करोड बराबरको लगानी लाग्नेछ ।

साथै आगामी आर्थिक वर्षको बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतज्यूले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दीगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ९ : ३५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य