योजना निर्माणमा सहभागी नगराएको महिला तथा दलित जनप्रतिनिधिको गुनासो | Khabarhub Khabarhub

योजना निर्माणमा सहभागी नगराएको महिला तथा दलित जनप्रतिनिधिको गुनासो


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् ।

दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताइन् । ‘फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो । हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा वडाध्यक्षज्यूले सहभागी गराउनुहुन्न ।’

स्थानीय तहका पुरुष जनप्रतिनिधिमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरूमाथि अन्याय भएको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवं एमालेकी नेतृ पुण्यकुमारी मगरले बताइन् । उनले महिला भएकै कारणले हो वा अन्य कुनै कारण, अहिलेसम्म एकपटक पनि वर्तमान जनप्रतिनिधिले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाका बारेमा छलफल नगरेको बताइन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी पूर्व वडासदस्य शशिकला राईले महिला तथा दलित महिला सदस्यले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताइन् ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित १० महिला तथा दलित महिला वडासदस्य सहभागी भएका थिए ।

दलित महिला केन्द्र नेपालले ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रमअन्तर्गत ‘राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी व्यवस्थापन र कार्यान्वयनमा अन्तर’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकारलगायतको सहभागिता रहेको अन्तरक्रियामा संविधानसभा सदस्यद्वष् पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश समिति सदस्य टङ्क थापाले अहिले महिला, दलित, जनजातिलगायत जति पनि पछाडि पारिएका व्यक्ति तथा समुदायले प्राप्त गरेका उपलब्धि माओवादीले गरेको दशवर्षे जनयुद्धको जगबाट सम्भव भएको दाबी गरे ।

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता अञ्जिल राईले आफ्नो पार्टीले उत्पीडनमा परेका हरेक समुदायको पक्षमा बोलिरहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला सदस्य शिवकुमार भट्टराईले आफूहरू पनि राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्ने अभ्यासमा रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ०० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः