पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम « Khabarhub

पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

लुब्लिन– पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ ।

बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। 

मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्यास बन्द गर्न लगाइएको थियो ।

निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो । खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइएको थियो ।

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम भेटिएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ३४ बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम