विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली « Khabarhub

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ ।

इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

हूपर एचक्यूले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गरेको छ । यसअनुसार कोहलीले इन्स्टाग्रामको एक पोस्टबाट १३ लाख ८४ हजार डलर (करिब ११ करोड ४५ लाख भारतीय रुपैयाँ) कमाउँछन् ।

कोहली समग्र सूचीमा १४ नम्बरमा

समग्र लिस्ट हेर्दा विराट कोहली १४ औँ नम्बरमा छन् । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो यस सूचीको शीर्ष स्थानमा छन् । उनले एउटा पोस्टबाट ३२ लाख ३४ हजार डलर कमाउँछन् । अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । एक पोस्टबाट मेस्सीको कमाई २५ लाख ९७ हजार डलर छ ।

तेस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेज छिन् । उनले एक पोस्टबाट २५ लाख ५८ हजार डलर कमाउँछिन् ।
विश्वभरका सेलिब्रेटीहरूको सूचीमा विराट १४ औं स्थानमा छन् । यस लिस्टमा भारतीयहरुमा कोहलीपछि अभिनेत्री प्रियंका चोपडा रहेकी छिन् । एक पोस्टबाट प्रियंकाको औसत कमाई ५ लाख ३२ हजार डलर छ ।

इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर्स हुने उनी पहिलो एसियाली हुन् ।

एसियामा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा इजरायलकी अभिनेत्री गल गाडोट (१०.३ करोड फलोअर्स) दोस्रो र संगीतकार लिसा (९.४ करोड फलोअर्स) सहित तेस्रो नम्बरमा छन् ।

स्रोत एएनआई

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ४९ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर