भिजिट भिसामा बंगलादेशीलाई नेपाल ल्याएर रकम असुल्ने गिरोह सार्वजनिक « Khabarhub

भिजिट भिसामा बंगलादेशीलाई नेपाल ल्याएर रकम असुल्ने गिरोह सार्वजनिक


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्डलगायत विभिन्न देश पठाउने भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दुई नेपाली र पाँच बंगलादेशी नागरिक छन् । पक्राउ परेका नेपालीमा इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली छन् । त्यसैगरी प्रहरीले बंगलादेशी नागरिकहरु अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहाँगीर अलाम र ताहमिना बेगम रहेका छन् ।

उनीहरुले बंगलादेशबाट विभिन्न प्रलोभन देखाएर नेपाल ल्याई बन्धक बनाएर परिवारसँग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

आफूहरुसँग भएको रकम असुलेर परिवारसँग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बंगलादेशी नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान पछि गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बंगलादेशी पीडित नागरिकहरुले आफूहरुलाई एजेन्टले पोल्याण्डलगायतका देश पठाउनका लागि पाँच लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको बताए । नेपाल आएपछि आफूहरुसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको उनीहरुले बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठित अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ५ : ०२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर