सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले « Khabarhub

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले सुन तस्करी प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको वित्तीय छवि धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ ।

“सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा सरकार ढाकछोप गर्न लागेको हो कि भन्नेमा आशङ्का बढेको छ”, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “कडा सुरक्षाबीच विमानस्थलबाट यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुनु राजनीतिक र प्रशासनिक संरक्षण भएको अनुमान गर्न सकिन्छ ।”

यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्ड बाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको करिब एक सय किलो सुनबारे न्यायिक छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दैै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरुले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरु नचल्ने बनाइनु, एक्सरे र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटकपटक पुनःपरीक्षणको सङ्केत गर्दा पनि पुनःपरीक्षण नगरिनु तथा घटना बाहिर आउनासाथ विषयान्तर गर्ने प्रयास हुनुलाई एमालेले शङ्कास्पद रुपमा हेरेको एमाले अध्यक्ष ओलीले बताएका छन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, प्रचार विभागका प्रमुख राजेन्द्र गौतमलगायत सहभागी थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ४१ बजे

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी