सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले « Khabarhub

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले सुन तस्करी प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको वित्तीय छवि धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ ।

“सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा सरकार ढाकछोप गर्न लागेको हो कि भन्नेमा आशङ्का बढेको छ”, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “कडा सुरक्षाबीच विमानस्थलबाट यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुनु राजनीतिक र प्रशासनिक संरक्षण भएको अनुमान गर्न सकिन्छ ।”

यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्ड बाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको करिब एक सय किलो सुनबारे न्यायिक छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दैै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरुले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरु नचल्ने बनाइनु, एक्सरे र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटकपटक पुनःपरीक्षणको सङ्केत गर्दा पनि पुनःपरीक्षण नगरिनु तथा घटना बाहिर आउनासाथ विषयान्तर गर्ने प्रयास हुनुलाई एमालेले शङ्कास्पद रुपमा हेरेको एमाले अध्यक्ष ओलीले बताएका छन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, प्रचार विभागका प्रमुख राजेन्द्र गौतमलगायत सहभागी थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ४१ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश