रेविज विरुद्धको खोपको अभाव छैन : स्वास्थ्य मन्त्रालय  « Khabarhub

रेविज विरुद्धको खोपको अभाव छैन : स्वास्थ्य मन्त्रालय 


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए । उनले सरकारसँग पर्याप्तता मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए ।

‘हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ’, उनले भने, ‘चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ ।’

मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराए । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।

केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविज विरुद्धको खोप लगाइरहेको बताए ।

‘अस्पतालमा रेविज विरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ’, उनले भने, ‘हाम्रो अस्पतालमा रेविज विरुद्धको खोपको अभाव छैन ।’ उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेविज विरुद्धको खोप लगाउने आउने गर्दछन् ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीले यही आर्थिक वर्षममा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ । आव २०८०र८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१र८२ मा ४७ हजार ५८६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : २३ बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय