सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई माओवादीको आग्रह « Khabarhub

सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई माओवादीको आग्रह


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा संलग्न रहेका कसैलाई पनि नछाड्ने बताएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिने बताएका हुन् । सुन प्रकरणमा माओवादी नेताहरूकै संलग्नता रहेको प्रश्न उठ्न थालेको भन्दै उनले दोषी भए जेल बस्न तयार हुन समेत चेतावनी दिए ।

प्रचण्डले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुललाई आग्रह समेत गरेका छन् । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ९ किलो सुन प्रकरणबारे महराको कल डिटेल आएकाले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ५६ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र