खिचडी-२ नोभेम्बर १२ मा प्रदर्शन हुने « Khabarhub

खिचडी-२ नोभेम्बर १२ मा प्रदर्शन हुने


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र खिचडी २ यस वर्षको दीपावलीको अवसरमा नोभेम्बर १२ मा प्रदर्शन हुँदैछ । रिलिज मिति घोषणाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर फिल्म निर्माताले यो जानकारी दिएका हुन् । यो चलचित्र २०१० मा आएको चलचित्र खिचडी द मुभीको सिक्वेल हो।

फिल्मका लेखक(निर्देशक आशिष कपाडिया हुन् र फिल्म ह्याट्स अफ प्रोडक्सनले निर्माण गरेको हो। लोकप्रिय सिटकम शोका सबै पात्रहरू भिडियोमा देखिएका छन् ।

घोषणा भिडियोमा हंसाले आफ्नै शैलीमा ठट्टा गरिरहेकी छिन् भने हिमांशुले आफू एनआरआई नभएर एमआरआईको कुरा गरिरहेको बताउँछन् । यस भिडियोमा फराह खान पनि देखिएकी छिन् ।चलचित्रमा सुप्रिया पाठक फेरि हंसाको भूमिकामा देखिनेछिन् । त्यस्तै, राजीव मेहता प्रफुल र अंगद देसाई बाबुजीको भूमिकामा देखिनेछन् ।

जयश्रीको भूमिकामा वन्दना पाठक र परमिन्दरको भूमिकामा कीर्ति कुल्हारी देखिनेछन् । जसमा अभिनेता तथा निर्माता जमनादास मजेठिया हिमांशुको भूमिकामा देखिनेछन् । वन्दना सन् २०१० मा आएको फिल्म खिचडीः द मुभीमा देखिएकी थिइनन् ।

यो फिल्मबाट पारेख परिवार झण्डै दुई दशकपछि फेरि ठूलो पर्दामा देखिने भएको छ । खिचडी एक मात्र भारतीय शो हो जुन स्टेज प्लेको रूपमा सुरु भएको थियो र यस शोमा आधारित चलचित्र पनि बनाइएको छ । यो शोको ९८ एपिसोडहरू करिब २ वर्षदेखि टिभीमा आएका थिए । शो मुम्बईमा बस्ने गुजराती परिवारको जीवनमा आधारित छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ०४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह