१४–१५ वर्षका किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइँदै « Khabarhub

१४–१५ वर्षका किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइँदै


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आजदेखि १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) निःशुल्क लगाउँदै छ ।

अभियानको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरुवात गर्ने कार्यक्रम रहेको छ।

मन्त्री बस्नेतले अभियान सुरु गरे लगत्तै खोप लगाउन सुरु गरिने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्।

उनले खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनु पर्ने जानकारी दिए।

एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ

महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ।

विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।

अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ। यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १० : १५ बजे

रास्वपामा रविको १२ बुँदे ब्रिफिङ : अध्यादेश आवश्यकता, सुकुम्वासीको विचल्ली हुँदैन, ‘भोट बैंक’को राजनीति नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बुधबार बसेको अनौपचारिक

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता