इटहरीबाट सुरु भयो दयाहाङ र मिरुनाको ‘रंगेली’को छायाङ्कन | Khabarhub Khabarhub

इटहरीबाट सुरु भयो दयाहाङ र मिरुनाको ‘रंगेली’को छायाङ्कन


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको महाशिवरात्रीमा प्रदर्शन हुने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मंगलबारदेखि प्रारम्भ भएको छ ।

सुनसरीको इटहरीमा उक्त चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन् । रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायाङ्कन हुने निर्देशक अर्जुन सुवेदीले बताए ।

सोमबार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्क्रिप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो । मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन । छायाङ्कनको समयमा उपस्थित नभएतापनि चलचित्र छायाङ्कनको तालिका अनुसार क्रमशः कलाकारहरूले पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए ।

सबै प्रमुख कलाकारहरू अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, ‘दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भई रहनुभएको छ । मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिइरहनु भएको छ । हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ । त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ ।’

अभिनेता प्रवीण खतिवडाको छायाङ्कन सुरु भएको छ । प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधबार छायाङ्कन स्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन् ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’ मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

मिति २०८० सालको फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ । चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : २९ बजे

बागमतीमा एम्बुलेन्सको भाडादर निर्धारण 

काठमाडौं– बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ

विद्युत् मिटर जडान हुने भएपछि दंग सुस्तावासी

नवलपरासी– नागरिकताको अभावमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तावासीमा विद्युत्

फेल हुने भएपछि रोकियो सरकार, बिहीबार दुवै सदनमा अध्यादेश नलैजाने

काठमाडौं– संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि संघीय संसदका दुवै सदनमा अध्यादेशहरू

‘काठमाडौँ पिंक केयरएथन’ हुँदै 

काठमाडौं– महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च

भोलिबाट भ्यालेन्टाइन सप्ताह : प्रियजनलाई कसरी खुसी पार्ने ?

काठमाडौं– फेब्रुअरी महिना लागिसकेको छ र छिट्टै भ्यालेन्टाइन विक सुरु हुन