टाटाका बहुप्रतिक्षित गाडीहरू सार्वजनिक, बजार मुल्य कति ? | Khabarhub Khabarhub

टाटाका बहुप्रतिक्षित गाडीहरू सार्वजनिक, बजार मुल्य कति ?


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्स प्यासेन्जर भेहिकलद्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीन वटा गाडीहरू टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरू टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरूको विक्री वितरण शुभारम्भ गरिएको हो ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता गरी पाँच वटा मुख्य विशेषताहरू रहेका छन् । अन्य क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्टहरूको मूल्य यस प्रकार रहेको छ ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३  किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य  विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ ।

त्यसै गरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक  डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन् । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरूको बदलिँदो इच्छा आकाङ्क्षाको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रूपमा पनि परिचित छ । टियागो इभीको बजार मूल्य यस प्रकार रहेको छ ।

‘नेपालकै  प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरू नेपाली ग्राहकहरू समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौ,’टाटा मोटर्सको इन्टरनेशनल विजनेश हेड मयंक वाल्डी भन्छन् । ‘हरित यातायातको  विकासमा  निरन्तर नयाँ/नयाँ आयामहरू थप्दै गर्ने हाम्रो प्रतिवद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ । त्यसै गरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो (एसयुभी पोर्टफोलियो) लाई थप बलियो एवं बृहत्  बनाउँदै जाने प्रयासलाई दर्साउँछ । यी दुवै गाडीहरूले नेपाली ग्राहकहरूको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ, ।’उनी थप्छन् ।

त्यसै गरी सिप्रदी  ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ बताउँछन् , ‘टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ अनुभवलाई नवीन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महसुस गर्दछ’ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ५९ बजे

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर

इस्लामाबाद – पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख

गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

जेरुसेलम – उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश पोखरेल

काठमाडौं – कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका