चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन « Khabarhub

चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् ।

जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् ।

रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ देखि देखिएका छैनन् । यतिबेला उनीमाथि सन् २०१७ को भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

रक्षामन्त्री साङ्फुले पछिल्लो पटक चीन–अफ्रिका शान्ति र सुरक्षा फोरमलाई सम्बोधन गरेका थिए ।

त्यसअघि उनी एसियाको प्रमुख रक्षा शिखर सम्मेलन सांग्रिला फोरममा सहभागी हुन रुस पुगेका थिए । सो क्रममा लीले ताइवानको विषयमा बोल्दै अमेरिकाले आगोसँग खेलिरहेको भन्दै चेतावनी दिएका थिए ।

यता, चिनियाँ राष्ट्रपति सी चिनफिङले भने देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिएका छन् । त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ।

यसअघि तत्कालीन चिनियाँ विदेशमन्त्री छिन काङ गायब भएका थिए ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ४९ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,