लिबियामा बाढी : एकै शहरका तीस हजार बढी विस्थापित « Khabarhub

लिबियामा बाढी : एकै शहरका तीस हजार बढी विस्थापित


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएको छ ।

‘पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण  विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,’ आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ । 

गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका  दुई वटा बाँध भत्केपछि बाढीले गाउँ-शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् । 

यसैबीच, लिबियाका अधिकारीहरूले डेर्नामा ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन् । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : ०३ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन