ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह « Khabarhub

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई उक्त आग्रह गरिएको हो ।

वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागिसमेत सहज रहेको उल्लेख गर्दै उनले थप केही महत्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गरे । 

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए। माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने र समयसीमै  सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे ।

सो आयोजना दुई देशबीचको मैत्री सम्बन्धलाई थप विस्तार गर्ने एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गरे। सरकारले वैदेशिक लगानीको सहजिकरणका लागि कानुनी, नीतिगत तथा संरचनागत सुधार गरेको जानकारी दिँदै उनले निर्माणाधिन माथिल्लो त्रिशूली एक आयोजना जस्तै अन्य ठूला र महत्वपूर्ण आयोजनामा लगानी गर्न विशेष अनुरोध गरे ।

माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई आफू वन तथा वातावरणमन्त्री रहँदा वनसँग सम्बन्धित विषयलाई सहजीकरण गरेको र शीघ्र निर्णय गरिदिएको स्मरण गर्दै मन्त्री बस्नेतले तोकिएको समयमा आयोजना सम्पन्न गर्न सरकार र मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण हुने विश्वास दिलाए।

सो आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाई  अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताएका छन् ।

उनले कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि आग्रह गर्ने विश्वास दिलाएका थिए। ‘म यहाँबाट फर्केपछि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आग्रह गर्नेछु । त्यसको उदाहरणका रुपमा माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना हो भन्ने विश्वास दिलाउँछु’, प्रमुख कार्यकारी अधिकृत होउले भने । 

उनले माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गराउन आफूहरूले सक्दो पहल गर्ने मन्त्री बस्नेतसमक्ष विश्वास दिलाएका थिए। सो आयोजनाको मंगलबार मात्रै शिलान्यास गरिएको हो । हाल आयोजनाको भौतिक प्रगति २२ प्रतिशत छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् । 

काठमाडौँ ‘लोड सेन्टर’बाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत एक सय चार मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै एक सय चार मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ४ : १६ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी