सुन तस्करी प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन « Khabarhub

सुन तस्करी प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरूविरुद्ध  ३ अर्ब ५० करोड २ लाख १६ हजार पाँच सय ५२ रुपियाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका जानकारी दिएकी थिइन् । 

उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका एआईजी आचार्यले जानकारी दिइन् । 

उनका अनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइनेछ । साथै गत साउन २ गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । 

उक्त तस्करी प्रकरणमा विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ४ : ४१ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता