चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिव्र « Khabarhub

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिव्र


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडपर्व नजिकिएसँगै उदयपुरमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । 

बजारमा अखाद्य पदार्थको बिक्री वितरण भएको गुनासो आउन थालेपछी जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिव्रता दिएको छ ।  जिल्ला स्थित संयुक्त जिल्ला अनुगमन समितिले सदरमुकाम गाईघाट बजारका पसलहरूमा नियमित अनुगमन शुरु गरेको हो ।

चाडपर्व सुरु भएसँगै व्यापारीले म्याद गुज्रेका बस्तुहरू बिक्री गर्ने, अखाद्य बस्तुको बेचविखन गर्ने, दैनिक उपभोग्य वस्तुहरूको कृतिमा अभाव सृजना गर्ने जस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए ।

टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पदार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।

  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, त्रियुगा नगरपालिकाको कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार र प्रहरी सहितको टोलीले गाईघाट बजारका विभिन्न पसलहरूको अनुगमन गरेको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : ५४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा