मोरक्को भूकम्प : दुई हजार नौ सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

मोरक्को भूकम्प : दुई हजार नौ सयभन्दा बढीको मृत्यु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मोरक्को– मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । 

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका क्षेत्रमा नै भएको छ । लाखौं घरबारविहीन भएका छन् ।

भूकम्पबाट बचेकाहरू फेला पार्ने सम्भावनाहरू घट्दै गएपछि उद्धार टोलीहरूले देशका पहाडी गाउँमा राहत सामग्री पुर्‍याउने प्रयासलाई तीव्र गतिमा अघिबढाएका छन् । यद्यपि खोज तथा टोलीहरू अझै पनि जीवित भेटिने आशमा भग्नावशेष खोजिरहेका छन् । राहत सामग्रीले भरिएका सवारी साधन पहाडी सडकहरूमा लस्कर लागेर गइरहेका छन् 

मराकेसको दक्षिणका सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरबारविहीन भएकाहरूका लागि त्रिपालमा आवासको व्यवस्था गरिएको छ । उद्यान तथा सार्वजनिक स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरेर आवासको व्यवस्था गरिएको छ । 

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार नौ सय एक जनाको मृत्यु भएको तथा पाँच  हजार पाँच सय ३० जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौजताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलालयुसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिन भएको छ । सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन् । यद्यपि अन्य प्रभावित स्थलमा युद्धस्तरमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन् ।

अन्तरराष्ट्रिय रेडक्रस, रेडक्रिसेन्ट, संयुक्त राष्ट्रसंघीय निकाय तथा केही स्वदेशी परोपकारी संस्था राहत सामग्री लिएर भूकम्प प्रभावित भेगमा पुगेका छन् । खोज तथा उद्धारका काम युद्धस्तरमा  भइरहेका छन् । सरकारले सबै सामाजिक सङ्घसंस्थालाई सहायताका निम्ति आह्वान गरको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ६ : १२ बजे

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

पार्टी विभाजनको भण्डाफोर गर्न जसपा नेपालको देशभर परिपत्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा तल्ला

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा बुधबार साँझ यात्रुवाहक